विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छ: डा. भट्टराई
गोरखा | माघ ८, २०८१
गोरखा: नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गर्नुभयो ।
“राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भन्नुभयो, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”
अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भन्नुभयो, “२००७ साल, ०४७ साल, ०६२र०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”
सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उहाँको भनाइ छ ।
“अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

